पाथिभरा केवलकार निर्माणको विरोधमा पुर्वमा यातायात अवरोध

न्युजलय २० माघ २०८१, आइतबार ०९:०२ मा प्रकाशित

इटहरी । पाथिभरामा केवलकार निर्माणको विरोधमा आइतबार पुर्व क्षेत्रको यातायातमा अवरोध गरिएको छ । पुर्वका मुख्य शहरहरुमा जनजातिसम्बद्ध विभिन्न संघसंस्थाका आन्दोलनकारीहरुले बाटो छेकेर अवरोध गरेका हुन् । 


धरान, ताप्लेजुङ, इलामलगायतका पहाडी शहरहरुमा सवारी सञ्चालन हुन सकेको छैन । तराइका शहरहरुमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी यातायात सुचारु भइरहेको छ । मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिसहित ९ संस्थाका प्रतिनिधिहरूले आइतबार र सोमबार यातायात ठप्प पार्ने घोषणा गरेका थिए ।