सुनसरी । झुम्का कारागारका एक कैदीको मृत्यु भएको छ । २८ बर्षीय विकास राईको उपचारका क्रममा मृत्यु भएको हो ।
लागूऔषध मुद्दामा राई २०८१ चैत्र २६ गतेदेखि २५ हजार धरौटी तिर्न नसकेका कारण जिल्ला कारागारमा झुम्कामा थुनिएका थिए ।
भोजपुर हतुवागडी गाउँपालिका –८ घर भई हाल धरान उपमहानगरपालिका १२ मा बस्दै आएका राई बुधबार विहान अचानक बेहोस भएर ढलेपछि तत्काल उपचारको लागि जिल्ला इनरुवा अस्पताल लगिएको थियो ।
उपचारको क्रममा उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।