सप्तकोशीमा पानीको बहाव उच्च, २३ वटा ढोका खोलिए

न्युजलय २० साउन २०८२, सोमबार १२:०२ मा प्रकाशित

सुनसरी । अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ। सोमबार बिहान कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड एक लाख ६९ हजार ४४५ क्यूसेक मापन गरिएको छ।

यसपछि गरिएको पछिल्लो मापन अनुसार पानीको बहाव अझै बढेर प्रतिसेकेण्ड एक लाख ७५ हजार ६८५ क्यूसेक पुगेको जनाइएको छ । पानीको बहाव उच्च बनेसँगै कोशी ब्यारेजका ५२ मूल ढोका मध्ये २३ वटा ढोका खोलिएको छ । 

सुरक्षा मापदण्डअनुसार कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने व्यवस्था छ। सोही अनुसार हाल रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।