काठमाण्डौ । कोभिड–१९ को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ फैलन थालेसँगै जापानले सोमबार(आज) देखि लागू हुने गरी सबै विदेशी उडानहरु अनिश्चितकालको लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
करिब १ महिना अगाडी विद्यार्थी, कामदार र पर्यटकको लागि आवागमन खुला गरेको जापानले दक्षिण अफ्रिकाबाट कोरोनाको नयाँ भेरिएन्ट फैलन थालेपछि सबै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको हो ।
जापानी प्रधामन्त्री फुमियो किसिदाले खराब अवस्था आउन नदिन आपतकालिन निर्णय गरिएको बताएका छन् ।