काठमाण्डौ । डोमिनिकन रिपब्लिकमा निजी विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।
डोमिनिकन रिपब्लिकमा बुधबार एक निजी विमान दुर्घटनामा परी चालक दलका सदस्य सहित ९ जनाको निधन भएको सीएनएनमा समाचार छ ।
विमानमा सवार सात जना यात्रु र दुई जना चालकको मृत्यु भएको हो । विमान दुर्घटनाको कारण खुलेको छैन ।
विमान डोमिनिकन रिपब्लिकको ला इसाबेला अन्र्ताष्ट्रिय विमानस्थलबाट फ्लोरिडा जाँदै थियो ।
उडान भरेको १५ मिनेटमा विमानमा समस्या आएपछि आपतकालिन अवरतण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।