संखुवासभा । संखुवासभामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पाँचखपन नगरपालिका–१ कुसुवाका २१ बर्षीय सोमकुमार तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।
तामाङले विवाह गर्छु भनेर ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
संखुवासभा जिल्ला अदालत चैनपुरबाट म्याद थप अनुमति लिई उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।