ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

न्युजलय १० जेठ २०८२, शुक्रबार ११:५५ मा प्रकाशित

तेह्रथुम । तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आठराई गाउँपालिका–३ स्थित ठुटेवरबाट लिम्बुनी पुलतर्फ जाँदै गरेको ना ७ त ६३४९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक बारा घर भएका ३२ वर्षीय किशान परियारको मृत्यु भएको हो ।

सडकमा गुडिरहेका बेला आफैं अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।