प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

न्युजलय १५ कार्तिक २०७८, सोमबार ०२:४५ मा प्रकाशित

विराटनगर ।  प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । एमाले अल्पमतमा परेपछि उनले सोमबार(आज) प्रदेशसभाको बैठकबाट राजीनामा दिने घोषणा गरेका हुन् । 

विश्वासको मतको प्रस्तावमा सोमबार निर्णय गर्ने कार्यसूची थियो । तर मुख्यमन्त्री आचार्यले त्यो प्रक्रियामा प्रवेश गर्नुअघि नै प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेका हुन् ।

सम्बोधनका क्रममा मुख्यमन्त्री आचार्यले दलहरू मिलेर जानुको विकल्प नरहेको बताए । 

९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा खुम्चिएको थियो । त्यसपछि आचार्य अल्पमतमा परेका थिए ।