सुनसरीमा अवैध पटका बरामद

न्युजलय २३ असोज २०८२, बिहिबार १२:४५ मा प्रकाशित

सुनसरी । भारतबाट अवैध रूपमा नेपाल ल्याइएका पटका सुनसरी प्रहरीले बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले असोज २१, २२ र २३ गते तीन दिन विशेष अभियान चलाएर विभिन्न स्थानबाट करिब दुई लाख ६० हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका पटका बरामद गरेको हो।

बरामद गरिएका सामग्री हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ ।