अछाम । अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मंगलसेनबाट कैलालीको टिकापुर जाँदै गरेको सुदूरपश्चिम यातायातको ना ६ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै मंगलबार दुर्घटना भएको हो।
प्रहरीकाअनुसार मृत्यु हुनेमा अछामको मंगलसेन नगरपालिका–१ का एगेन्द्र थापा र वडा नं १४ का टंक भण्डारी रहेका छन्।
बसमा ३८ जना यात्रु थिए। जसमध्ये दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनालाई जिल्ला अस्पताल मंगलसेन र ४ जनालाई बयलबाटा अस्पताल लगिएको छ।