झापा । झापाको दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै एक महिलाको मृत्यु भएको छ।
मे १ ख २५४५ नं को नागरिक यातायातको बसमा सवार मोरङ गछिया बस्ने ४३ वर्षीया कुमारी सेलिङ चेम्जोङको मृत्यु भएको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्रबार साँझ झिलझिले आइपुगेपछि सो बसमा सवार अन्य यात्रुले सिटमै महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
अचेत अवस्थाकी चेम्जोङलाई स्थानीय लालीगुराँस मेडिकल हलमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल ल्याइपुर्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
दीर्घ रोगका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।