फागुन ९ गतेदेखि रामधुनीमा हुँदै दोस्रो अल्टिच्युड रनिङ कप

न्युजलय ६ फाल्गुण २०८१, मङ्गलबार ०८:१९ मा प्रकाशित

इटहरी । सुनसरीको रामधुनीमा फागुन ९ गते देखि सुरु हुने अल्टिच्युड रनिङ्ग कप फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा अल्टिट्युड क्लब इटहरीका अध्यक्ष पीताम्बर तिम्सिनाले खेलमा १० वटा क्लबले भाग लिने जानकारी दिए ।


सुनसरीको रामधुनी नगरपालिका ७ पञ्चायन खेल मैदानमा हुने प्रतियोगितामा आयोजक अल्टिच्युड क्लब सहित एपीएफ पकली, कोशी प्रदेश प्रहरी टिम , लेटाङ फुटवल क्लब मोरङ, बेतना युनाइटेड क्लब मोरङ, पानवारी फुटबल क्लब सुनसरी, चित्लाङ फुटबल क्लब काठमाडौ, आरआइएफसी काठमाडौं , तालतलैया फुटबल क्लब सुनसरी, ब्रदर कलेक्सन केराबारीले सहभागीता जनाउनेछन् । 


प्रतियोगिताका विजेताले दुई लाख २२ हजार रुपैया र १५ तोला चाँदीको शिल्ड पाउनेछन् । यस्तै उपविजेताले एक लाख ११ हजार नगद र ट्रफि पाउनेछन् । पूर्वमा खेलकुदको विकाससँगै पर्यटकिय क्षेत्रहरूको प्रचार प्रचार गर्न प्रतियोगिता गरिएको अध्यक्ष तिम्सिनाले बताए ।