ताप्लेजुङ । ताप्लेजुङमा पानी ट्यांकीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
सिरिजङ्घा गाउँपालिका–४ खेसेवा बस्ने ताराहाङ मावोकी छोरी ६ वर्षीया ईतुङ्ना मावोको घर नजिकै रहेको पानीको ट्यांकीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको हो ।
डुबेर अशक्त भएकी उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।