कोशी राजमार्ग बगाएपछि धरान धनकुटा यातायात अवरुद्ध

न्युजलय १८ जेठ २०८२, शनिवार ०८:२५ मा प्रकाशित

धनकुटा । अविरल वर्षाका कारण आएको बाढीले भेडेटार मुलघाट खण्ड अवरुद्ध बनाएको छ । लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको दुई स्थानमा सडक भत्काएको छ । 


लेउती खोलामा आएको बाढीले करिब १०० मिटर सडक कटान गरेपछि आवागमन ठप्प बनेको छ । त्यस्तै, नमस्ते झरना छेउमा रुख ढलेर र माथिबाट आएको पहिरोका कारण पुनः सडक अवरुद्ध भएको छ । दुवै स्थानमा सडक खुलाउन तत्काल पहल भइरहेको छ 


त्यस्तै तमोर कोरिडोर पनि अवरुद्ध भएको छ । छरुवा खोलमा बाढी आउँदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।