सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा एक महिलाको शव फेला

न्युजलय १३ भदौ २०८२, शुक्रबार १२:२८ मा प्रकाशित

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–७ मा एक जना महिलाको शव नहरले बगाएर ल्याइरहेको अवस्थामा फेला परेको छ ।

शुक्रबार बिहान सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा करिब ३० उमेरकी देखिने महिलाको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शवलाई तत्कालै नहरबाट बाहिर निकालिए पनि मृतकको परिचय हालसम्म खुल्न सकेको छैन । स्थानीयवासीले नहरमा महिला बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर लगेको छ ।