एक्सपर्टद्वारा डस्टबिन हस्तान्तरण

न्युजलय ३० जेठ २०८२, बिहिबार ०३:२३ मा प्रकाशित

इटहरी । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले शंकरबेली सामुदायिक वन उपभोक्ता समितिलाई १० वटा डस्टबिन हस्तान्तरण गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सो सामग्री सहयोग गरिएको हो।

हस्तान्तरण कार्यक्रमका अवसरमा कम्पनीका प्रबन्ध निर्देशक कमल तिमसिनाले बढ्दो वातावरणीय प्रदूषण र जलवायु परिवर्तनका जोखिमलाई समयमै न्यूनिकरण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा समितिका अध्यक्ष धन लिम्बुसहित अन्य सदस्य तथा स्थानीयको उपस्थिति रहेको थियो।