मेची राजमार्गमा दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

न्युजलय ७ माघ २०८१, सोमबार ०३:०० मा प्रकाशित

झापा । मेची राजमार्गको बुद्धशान्ति गाउँपालिका–४  हापेन चोकमा आज सवारीसाधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन घाइते भएका छन् । 

मृत्यु हुनेमा अटो रिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेकी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्र १–०१–००१ ज ३६३ नम्बरको अटो रिक्सा र चार आलीबाट इलामतर्फ गइरहेको प्र १–०१–००१ ज ३८५१ नम्बरको जीप एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । 

दुर्घटनामा जीप चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार थामी, अटो रिक्सामा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन् ।

उनीहरूको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ ।

अटो रिक्साका चालक ५३ वर्षीय अजय मोक्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।