मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

न्युजलय १२ फाल्गुण २०८१, सोमबार ११:५० मा प्रकाशित

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ मा दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।

दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १ त ६७८८ नम्बरको ट्याक्टरले मे ६ प ६०७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका थिए ।

जसमध्ये मोटरसाइकल पछाडि सवार ६५ वर्षीय तारा नारायण श्रेष्ठको मृत्यु भएको हो ।

घटनामा मोटरसाइकल चालक झापा कमल गाउँपालिका–३ का ६२ वर्षीय धान्यप्रसाद बराल घाइते भएका छन् ।

उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।