काठमाडौँ । शेयरबजार परिसूचक नेप्से आज ३० अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक ३०.०८ अंकले बढ्दै २ हजार ७५४.४८ अंकमा उक्लिएको हो ।
यस दिन ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ६१ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको नेप्सेले जनाएको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै बजारमा हरियाली छाएको छ ।