काठमाडौँ । सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी १२५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९५ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १२५ रुपैयाँले घटेर ४ हजार ९६० रुपैयाँ पुगेको छ ।