काठमाडौँ । भारतमा एक युट्युबरलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ ।
दिल्ली हाइ कोर्टले युट्युबर गुल्शन पाहुजालाई अदालतको अपहेलना गरेको मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय तथा २ हजार भारतीय रुपैयाँ जरिवाना सुनाएको हो ।
अदालतले पाहुजाले आफ्नो भिडियो तथा अदालतमा बहसका क्रममा न्यायपालिकाविरुद्ध आपत्तिजनक र विवादास्पद टिप्पणी गरेको ठहर गरेको हो ।
पाहुजाले न्यायपालिकाप्रति असन्तुष्टि व्यक्त गर्दै भारतीय न्याय प्रणालीबाट आफूलाई कुनै आशा नभएको बताएका थिए ।