झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

न्युजलय ६ जेठ २०८३, बुधबार ११:३८ मा प्रकाशित

झापा । झापामा ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हल्दीबारी गाउँपालिका–५ का श्रीमान् ४४ वर्षीय गोकर्ण भण्डारी छन् । उनलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोकर्णले धारिलो हतियार प्रहार गरी उर्मिलाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कन्चनश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।