कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी इटहरीबाट पक्राउ

न्युजलय ६ जेठ २०८३, बुधबार ०२:०१ मा प्रकाशित

सुनसरी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत सुनसरीको २०७८ वैशाख १३ गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका इटहरी उपमहानगरपालिका–७ बस्ने ४१ वर्षीय दिनेश चौधरीलाई  पक्राउ गरिएको हो।

उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।