बुधबार इटहरीमा नेकपा एमालेको रक्तदान, दातालाई झुलदेखि उपचारमा छुटसम्म

न्युजलय ६ फाल्गुण २०८१, मङ्गलबार ०२:११ मा प्रकाशित

इटहरी । नेकपा एमाले इटहरीले बुधबार इटहरीमा रक्तदान गर्ने भएको छ । इटहरी उपमहानगरपालिका अगाडी बिहान ७ बजेदेखि सुरु हुने रक्तदानमा नगरभरीबाट रक्तदाताहरु आउने पार्टीका अतिरिक्त क्रियाकलाप संयोजक तथा नगर सचिवालय सदस्य उमेश दाहालले जानकारी दिए । प्रजातन्त्र दिवसको अवसरमा कार्यक्रम गरिएको हो ।


दाहालका अनुसार रक्तदाताका परिवारले विराट मेडिकल कलेजमा एक वर्षसम्म उपचारमा भारी छुट पाउनेछन् । उनका अनुसार एक वर्षभरी १५ देखि शत प्रतिशत छुटसम्म दिइनेछ । यस्तो सुविधा परिवारका ९ जनासम्म सदस्यहरुले पाउनेछन् । 


यस्तै रक्तदातालाइ १ थान झुल, नेकपा एमालेको टोपी र विराट मेडिकल कलेजको डोनेशन कार्ड दिइनेछ । यस्तै रक्तदातालाई इटहरी मेडिकलद्वारा हप्तामा एक दिन शनिबार अत्याधुनिक ल्याबमा सुगर परिक्षण गरिदिने भएको छ ।