इटहरी । सुनसरीको चतरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोलुखुम्बुको सोताङ गाउँपालिका–४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
बराहक्षेत्र नगरपालिका १ स्थित रानीखोला सडकमा आइतबार दुर्घटना भएको थियो ।
घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि प्रतिष्ठानमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।