पहाडी भेगमा आंशिक बदली, देशभरको तापक्रम घट्दै

न्युजलय २३ कार्तिक २०७८, मङ्गलबार ०७:४९ मा प्रकाशित

काठमाडौँ । नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।


बुधबार दिउँसो प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । तर, पछिल्लो २४ घन्टामा पानी पर्ने प्रणालीको विकास नभएको महाशाखाले जानकारी दिएको छ ।


आकाश पूर्णरूपमा खुल्दा मुलुकभरको तापक्रम घट्दै गएको छ । तापक्रम घट्दो क्रममा रहँदा जाडो बढेको महशुस हुन थालेको छ ।