सोलुखुम्बु । महाकुलुङ गाउँपालिका–२ चङ्खीदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राईको हत्या गरेको आरोपमा सोही ठाउँका २६ वर्षीय रघु कुलुङ राई पक्राउ परेका छन्।
हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। रघुले आफ्नै घरमा प्रेमलाई बिहीबार राति बाँसको भाटा र लाठ्ठी प्रहार गरे गम्भीर घाइते बनाएका थिए। उपचारका लागि महाकुलुङ आधारभूत अस्पताल लगिएकोमा उनको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।
प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले रघुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।