सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाब बढेको छ ।
सप्तकोसी नदीमा बहाब बढ्दो क्रममा रहेकाले १९ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ।
सप्तकोसीमा ५२ वटा मूल र चार वटा नहरका गरेर ५६ वटा ढोका छन्। कोसी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ।
सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।