एमाले इटहरीले गर्यो १०८ पिन्ट रगत संकलन

न्युजलय ७ फाल्गुण २०८१, बुधबार ०९:०८ मा प्रकाशित

इटहरी । नेकपा एमाले नगर कमिटि इटहरीले गरेको रक्तदान कार्यक्रममा १०८ पिन्ट रगत संकलन भएको छ । 


७५ औँ प्रजातन्त्र दिवसको अवसरमा कमिटीको अतिरिक्त क्रियाकलाप विभागले इटहरीमा गरेको रक्तदान कार्यकममा उत्साहजनक सहभागिता भएको संयोजक उमेश दाहालले जानकारी दिए । 


नेकपा एमाले इटहरी उपमहानगर कमिटी अध्यक्ष रुपेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम पार्टी केन्द्रिय सदस्य लक्ष्मी गौतमको विशेष आतिथ्य र सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद, पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।


कार्यक्रममा विराट मेडिकल कलेजले रगत संकलनमा सहयोग गरेको थियो । रक्तदाताहरुलाई उक्त अस्पतालले विभिन्न सेवा सुविधा दिने घोषणा गरेको छ ।