सुनसरीका सीमा क्षेत्र सुरक्षा सतर्कता बढाइयो

न्युजलय १७ साउन २०८२, शुक्रबार ०१:३५ मा प्रकाशित

इटहरी । नेपाल–भारत खुला सीमाको ६१.९ किलोमिटर लम्बाईमा फैलिएको सुनसरी जिल्ला अहिले सुरक्षा सतर्कताको केन्द्रबिन्दु बनेको छ।

चोरी पैठारी, तस्करी र आपराधिक गतिविधिहरू नियन्त्रण गर्न सरकारी निकायहरूले २४ घन्टा नै निगरानी व्यवस्था कडाइ गरेका छन्।

जिल्ला सुरक्षा समितिको बैठकपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा निगरानी प्रणालीलाई थप सशक्त बनाइएको हो। तस्करी नियन्त्रणका लागि १३ वटा प्रहरी युनिट र सशस्त्र प्रहरीको ११ वटा युनिट परिचालनमा छन्।

भारतसँगको खुला सीमा भएकाले सीमाबाट अवैध रूपले भन्सार छली गरेका सामानहरू नेपाल भित्रिने क्रम रोक्न कठिन भइरहेको छ।