किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

न्युजलय ७ माघ २०८१, सोमबार १२:१२ मा प्रकाशित

झापा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ पाथिभरा याङवरक गाउँपालिका–६ थुम्वेदिन बस्ने ५२ वर्षीय कुमार राई रहेका छन् ।

कुमारले पीडित किशोरीलाई झापाको हल्दिबारी गाउँपालिका–४ स्थित मेची पोल्ट्री फर्मको कोठाभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।