पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

न्युजलय २४ असार २०८२, मङ्गलबार ११:२८ मा प्रकाशित

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१६ भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ।

उनीहरुको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए। नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसकिएको बताइएको छ ।

दुवै जनालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ।