झापामा सर्पले डस्दा बालकको मृत्यु

न्युजलय २२ असार २०८२, आइतबार ०३:५९ मा प्रकाशित

झापा । झापामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ। सर्पले डस्दा कमल गाउँपालिका– ४ का अन्दाजी १० वर्षीय नवीन विकको मृत्यु भएको हो।

गएराति हजुरबुवासँगै भुइँमा सुतेका नवीनलाई कालो गोमन सर्पले खुट्टामा टोकेको थियो। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

बालकको मृत्युपछि घर आँगनमा खोजेर दुईवटा सर्प मारेका थिए। ज्योति आधारभूत विद्यालयमा अध्ययनरत नवीन हजुरबुवा र हजुरआमासँगै बस्दै आएका थिए। उनका बुवा वैदेशिक रोजगारीमा गएका छन्।