इटहरी । सुनसरीमा हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
बराहक्षेत्र नगरपालिका–३ नडाहामा जंगली हात्तीको आक्रमणबाट स्थनीय ६८ वर्षीया डम्मरमायाँ लिम्बू घाइते भएकी हुन् ।
कालिन्द्र सामुदायिक वनमा घाँस काट्ने क्रममा हात्तीले आक्रमण गर्दा उनी घाइते भएकी हुन् ।
घाइते लिम्बूको धरानस्थित वीपी प्रतिष्ठानमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।