त्रियुगामा माछा मार्न गएका एकजना बेपत्ता

न्युजलय ३ भदौ २०८२, मङ्गलबार ११:४१ मा प्रकाशित

उदयपुर । चौदण्डीगढी नगरपालिका–६ सातघरेका दिलबहादुर राई सोमबार त्रियुगा खोलामा माछा मार्न जाने क्रममा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ४५ वर्षीय राई त्रियुगास्थित भिमाहामा बल्छी लिएर माछा गर्न गएका थिए । दिनको ३ बजेतिर खोलामा गएका राई बेपत्ता भएका हुन् ।

बेपत्ता राईको खोजी गए रातिसम्म जारी रहेको र आज बिहानदेखि पुनः सुरु गरिएको प्रहरीले जनाएको छ । बेपत्ता राईको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।