धनुषा । धनुषाका एक प्रधानाध्यापकमाथि सिके राउतका कार्यकर्ताले कालोमोसो दलेका छन् । धनुषाको फकिर चन्द उच्च माविका प्रधानाध्यापक बैजु साहलाई जनकारवाही भन्दै कालोमोसो दलेका हुन् ।
उक्त विद्यालयका सिके राउत नेतृत्वको विद्यार्थी संगठनले विगत चार दिनदेखि विभिन्न माग राखेर आन्दोलन गर्दै आएको छ । उनीहरूले आन्दोलनकैबीच मोटरसाइकलमा गइरहेका बेला प्रधानाध्यापक साहमाथि कालोमोसो दलेका हुन् ।
कार्यकर्ताहरूले नियमित पठन–पाठन हुनुपर्ने र शिक्षकको व्यवस्थापन हुनुपर्ने, शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीले पाउनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरूले पुस्तक पाउनुपर्ने, विद्यालयका नाममा आएका सामग्रीहरू विद्यालयमा राख्नुपर्ने, विद्यालय सुधारका लागि सरोकारवालाहरूको वृहत भेला गरी अन्य विषयहरूमा निर्णय लिनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए ।