काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको छ ।
यस वर्षको भाइटीकाको साइत कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको समितिले जनाएको छ । यस वर्षको तिहार कात्तिक १७ गतेदेखि सुरु हुँदैछ ।
तिहारको पहिलो दिन काग तिहार र कुकुर तिहार परेको छ । त्यस्तै दोस्रो दिन लक्ष्मीपूजा, तेस्रो दिन गाई गोरु तिहार तथा गोवर्द्धन पूजा, चौथो दिन भाइटिका किजा पूजा रहेको छ ।