झापा । झापामा वनभित्रको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
शनिबार बिहान अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा तेह्रथुम जिरीखिम्ती घर भइ अर्जुनधारा–११ स्थित पूर्णबहादुर राईको घरमा पाहुना आएकी धनमाया गुरुङका छोरा १२ वर्षीय महसुस गुरुङ र अर्जुनधारा–११ की मुना गुरुङका छोरा १० वर्षीय सुजल गुरुङको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।