काठमाडौ । प्रहरीले देशका विभिन्न स्थानबाट जुवा तास खेलिरहेको अवस्था ७९ जना पक्राउ गरेको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका १४ पुरानो नैकाप बस्ने ४१ वर्षीय शंकर थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय पुष्कर थापा सहित १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नगद ४ लाख ४३ हजार ३ सय ५ रुपैयाँ सहित पक्राउ गरेको हो ।
यता भक्तपुरको चाँगुनारायण नगरपालिका(८ मा पनि सुडाल पुरीगाउँ बस्ने ५२ वर्षीय मणिराम पुरीको घरमा तास खेलिरहेको अवस्थामा पुरी लगायत १५ जनालाई १२ लाख ४३ हजार ७ सय ८० रुपैयाँसहित फेला पारेको छ ।
त्यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका १३ बाबुगाउँबाट जुवा तास खेलिरहेको अवस्थामा ४८ जनालाई नगद ४ लाख ६६ हजार ७७ रुपैयाँसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।