कोशी प्रदेशसभा भवनमा भीषण आगजनी

न्युजलय २४ भदौ २०८२, मङ्गलबार ०२:४० मा प्रकाशित

विराटनगर । कर्फ्यू आदेशको अवज्ञा गर्दै आन्दोलनकारीले मंगलबार विराटनगरस्थित कोशी प्रदेशसभा भवनमा भीषण आगजनी गरेका छन् । 

जेन–जी आन्दोलनअन्तर्गत प्रदर्शन तीव्र भएपछि प्रहरीले कडा सुरक्षा घेराबन्दी गरे पनि आक्रोशित भीडले देवकोटा चोकस्थित प्रदेशसभा भवनमा प्रवेश गरी सभाहलमा आगो लगाएका हुन् ।

आगजनीपछि प्रदेशसभाको सभाहल दनदनी बलिरहेको छ। भवनभित्रबाट बाक्लो धुवाँ निस्किरहेको छ ।

यसअघि बिहानैदेखि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच प्रदेशसभा भवन अगाडि झडप हुँदै आएको थियो । सोमबारदेखि देशभर फैलिएको जेन–जी आन्दोलनमा सरकारले गरेको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारी अझ आक्रामक बनेका छन्।