मोरङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

न्युजलय २४ जेठ २०८२, शुक्रबार ०२:३८ मा प्रकाशित

मोरङ । मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोल बस्ने २६ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय सन्तवीर तामाङलाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घर कोठा भित्र लुकाएर राखेको एक नाल भरुवा बन्दुक फेला पारेसँगै सोही कोठामा रहेका उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।