इटहरी । नेपाली कांग्रेसका अग्रज नेता रामबहादुर बस्नेतको निधनमा सुनसरीका सात वटा पालिकामा विदा दिइएको छ । ७८ वर्षको उमेरमा सोमबार निधन भएका बस्नेतको शोकमा सुनसरीका इटहरी, रामधुनी, इनरुवा, बराहक्षेत्र, भोक्राहा, कोशी, हरिनगर गाउँपालिका सरकारले पालिकामा सार्वजनिक विदा दिएका हुन् ।
इनरुवा घर भएका बस्नेत पछिल्लो समय काठमाडौ बस्दै आएका थिए । उनी तत्कालीन जिल्ला विकास समिति सुनसरीका पहिलो सभापति हुन् । २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनबाट बस्नेत जिविस सुनसरीको सभापति निर्वाचित भएका थिए । यस्तै उनी नेपाली कांग्रेस सुनसरीका पूर्वसभापति थिए । उनी दुई पटक कांग्रेस सुनसरीको सभापति भएका थिए ।
यसैबीच, सुनसरी कांग्रेसले नेता बस्नेतको निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति केदार भण्डारी, प्रवक्ता तथा सचिव वीरेन्द्रकुमार साह र माधव घिसिङले शोक वक्ताव्य जारी गरेर दुःख व्यक्त गरेका छन् । बस्नेतको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबार पार्टी कार्यालय इनरुवामा राखिने भएको छ । माघ ७, ८ र ९ गते सुनसरी जिल्ला अन्तर्गतका सबै वडा कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने कांग्रेसले जनाएको छ ।