झापा । बिर्तामोडका एक जना उद्योगी, व्यवसायी तथा सामाजिक अभियन्ता मृत फेला परेका छन् ।
बिर्तामोड नगरपालिका–१ का विनोद बस्नेत आफ्नो घरको माथिल्लो तलामा झुन्डिएको अवस्थामा फेला परेको झापा प्रहरीले जानकारी दिएको छ ।
बस्नेत दैनिक बिहान खेल्न र वाकिङमा जाने गरेको थिए । तर, शुक्रबार बिहान बाहिर नगएको र कोठाभित्र चुकुल लगाएको अवस्थामा बाहिरबाट बोलाउँदा नबोलेपछि ढोका फोडेर हेर्दा झुन्डिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ ।
झापा गोल्डकपको निवर्तमान अध्यक्षसमेत रहेका बस्नेत उनी मेची पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव हुन् । उद्योग तथा व्यापार, व्यवसाय गर्दै आएका थिए ।
मृतक बस्नेतकी श्रीमती र एक छोरी छन् । घटनाको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठले अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।