मोरङ । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाजा बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय रंगेलीका अनुसार, बुधवार साँझ गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले ठुलो मात्रामा गाँजा बरामद गरेको हो ।
प्रहरीले उक्त गाँजा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । उक्त गाँजा कस्ले राखेको भन्ने बिषयमा थप अनुसन्धान भईरहेको र उनिहरुको खोजीकार्य समेत भईरहेको बताइएको छ ।
उक्त गाँजा कसले राखेको अहिले सम्म नखुलेको र यस विषयमा थप्प अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।