विदेशी पर्यटकलाई सिक्किम प्रवेशमा रोक

न्युजलय १५ मङ्सिर २०७८, बुधबार १०:४५ मा प्रकाशित

काठमाण्डौ । विदेशी पर्यटकका लागि सिक्किम प्रवेशमा रोक लगाइएको छ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै सिक्किम सरकारले बुधबार(आज) बिहान देखि लागू हुनेगरी डिसेम्बर १५ सम्म विदेशी पर्यटक प्रवेशमा प्रतिबन्ध लगाएको हो। 

ओमिक्रोनको संक्रमण राज्यमा छिर्न नदिन सिक्किम सरकारले सतर्कता अपनाउन सुरू गरेको छ। 

राज्यको गृह विभागले मंगलबार एक सूचना जारी गर्दै  सिक्किम भ्रमणमा आउने विदेशी पर्यटकलाई इनर लाइन पर्मिट, रेस्टिक्डेट एरिया पर्मिट र प्रोटेक्टेड एरिया पर्मिट जारी नगरिने बताएको हो।

राज्यको गृह विभागले पर्यटन विभागलाई पत्राचार गर्दै सिक्किम घुम्न आउने कुनै पनि विदेशी पर्यटकलाई प्रवेश नदिन र कुनै पनि पर्मिट जारी नगर्न आदेश दिएको हो।