इटहरी । इटहरीको सेन्टर प्लाजामा भएको आगलागीमा परी फसेकाहरूको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।
इटहरीको मुख्य चौकमा रहेको प्लाजामा आज बिहान ९ः३५ बजेतिर आगलागी भएको हो ।
आगलागीमा परी फसेकाहरूको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । केहीलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो भने केहीलाई भने डोरीमार्फत प्रहरी, सशस्त्र प्रहरी र सेनाले उद्दार गरेको हो ।
हालसम्म १६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । हाल ६ वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।