विराटनगर । मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
मोरङको सुनवर्षी नगरपालिका–८ विश्वकर्मा चोकमा को.१ त ६१९१ नम्बरको ट्याक्टरले प्रदेश. १–०२–०४५ प ९१६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा रतुवामाई नगरपालिका–३ चौकीघाट बस्ने ४३ वर्षीय ढक्कुलाल गनगाई छन्। बिहीबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि धरान उपमहानगरपालिका–८ सेउती पुल नजिकै सडकमा धरानबाट इटहरीतर्फ जाँदै गरेको रोलरमा प्र १–०२–०४३ प ३३१५ नम्बरको मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।
मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–१९ तरहरा बस्ने ३८ वर्षीय सुरेश राईको मृत्यु भएको हो। बिहीबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट नर्सिंङ होम विराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार रहेका रोलर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।