विराटनगर । नेकपा एमाले मोरङको अध्यक्ष अजम्बर राई निर्वाचित भएका छन् । अजम्बर राई र राजकुमार ओझा अध्यक्षका उम्मेदवार थिए ।
अध्यक्षमा राईसहितका नेताहरुको प्यानल नै निर्वाचित भएका छन् । राईले ४ सय ४६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ओझाले ४ सय ७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा सागर थापा ४ सय २२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शान्ति लिम्बू भूजेलले ३ सय ९१ मत प्राप्त गरिन् । सचिवमा सोमराज थापा निर्वाचित भएका छन् । उनले ४ सय ६२ मत प्राप्त गर्दा प्रतिस्पर्धी रविन थापाले ३ सय ६८ मत प्राप्त गरे । उपसचिवमा सन्तोष वान्तवा र उषा झा निर्वाचित भएका छन् । उपसचिवमा भारी मतका साथ सन्तोष वान्तवा निर्वाचित भए । उनले ४ सय ९० मत ल्याए । वान्तवाका प्रतिस्पर्धी ईर्जालाल राजवंशीले ३ सय ११ मत मात्रै ल्याए ।
महिला उपसचिवमा उषा झा निर्वाचित भइन् । उनले ४ सय १८ मत ल्याउँदा प्रतिस्पर्धी शिल्पा निराला कार्कीले ४ सय ५ मत पाइन् ।