विराटनगरका छ वटा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम

न्युजलय २७ असार २०८२, शुक्रबार ०१:२९ मा प्रकाशित

विराटनगर । विराटनगरका छ अस्पतालबाट स्वास्थ्य बीमाको पहिलो सेवाबिन्दुको रुपमा उपचार गराउन पाइने भएको छ । 

स्वास्थ्य बीमा बोर्डले पहिलो सेवाविन्दुबाट मात्रै बिमितहरूले सेवा लिनुपर्ने बाध्यकारी व्यवस्था हटाएसँगै मोरङमा सात अस्पतालमा सेवा उपलब्ध हुनेछ । जसमध्ये विराटनगरका छ अस्पताल रहेका छन् ।

विराटनगरमा कोशी अस्पताल, मोरङ सहकारी अस्पताल, नोबेल मेडिकल कलेज, हाम्रो अस्पताल, विराटनगर आँखा अस्पताल र विराट मेडिकल कलेज टिचिङ अस्पताल तथा उर्लाबारीको अनरिको अस्पिटल प्रा.लि.बाट स्वास्थ्य बीमा अन्तर्गतको सेवा पाइने भएको हो ।

आगामी साउन १ गतेदेखि लागु हुने नयाँ व्यवस्थाअनुसार बिमितहरूले बोर्डबाट अनुमतिप्राप्त कुनै पनि सरकारी स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिन सक्नेछन् ।