इटहरीका नगर प्रवक्ता भन्छन्, नगरप्रहरी नगरप्रति जिम्मेवार देखिएन

न्युजलय २१ बैशाख २०८२, आइतबार ०७:३१ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाले ३० जनाभन्दा बढी नगर प्रहरी राखेको छ । हाटबजारमा अनुगमन गर्ने, टफिक व्यवस्थापन गर्ने र सफारीको लाइसेन्स जाँच गर्नेभन्दा बाहेक खासै काम देखिएको छैन । 


नगर प्रहरीले नगरभित्रको शान्ती सुव्यवस्थाका क्षेत्रमा पनि काम गर्नुपर्ने माग नगरवासीको मात्र होइन, जनप्रतिनिधिहरुको पनि हो । नगर प्रवक्ता नै नगरप्रहरीको भुमिका र गतिविधिलाई लिएर असन्तुष्ट छन् ।


प्रवक्ता दिवस पोख्रेलले नगरमा चोरीका घटनाहरु बढीरहेकोबारे भिडियो पोस्ट गर्दै नगर प्रहरी नगरप्रति जिम्मेवार नदेखिएको बताएका छन् । उनले नगरप्रहरीलाई आवश्यक निर्देशन दिन नगरप्रमुखसँग आग्रह गरेका छन् । साथै उनले इलाका प्रहरी कार्यालयलाई पनि अझ सक्रिय बन्न आग्रह गरेका छन् ।


उनले लेखेका छन्, इलाका प्रहरी कार्यालय ले सक्रियताका साथ काम गरिरहेको मसहुस त भै रहेको छ। तर यत्ति सक्रियताले मात्र इटहरीलाई थेग्ला जस्तो देखिएन यो पनि अनुरोध गरे साथै नगर प्रमुख ज्यु लाई पनि मेरो अनुरोध नगर प्रहरी पनि नगर प्रतिको जिम्बेवार देखिएको छैन । त्यहाँ पनि केही निर्देशन आवश्यक छ ।